काठमाडौं। कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजले अख्तियारी दिएको व्यक्तिले वा निजको मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भए बमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्ति वा निजको हकवालाले कुनै खास रकम पाउने गरी बीमकले बीमितसँग गरेको करारलाई जीवन बीमा सम्झनु पर्दछ ।

निस्चित बीमाशुल्क भुक्तानी गरी बीमक र बीमित बीच सम्झौता बमोजिम जोखिम बहन गर्ने शर्तमा गरिने लिखित सम्झौता भएको हुँदा जीवन बीमालेखको सिद्धान्त तथा अभ्यास अनुसार बीमालेखमा उल्लेखित शर्त तथा बन्देजहरु बीमा करारका दुवै पक्षलाई बाध्यकारी हुने गर्दछ । बीमा अवधि भित्र जिवन बीमा गराउने व्यक्तिको बीमालेख करार बमोजिमका जोखिमहरुको रक्षावरण हुने तथा बीमा समाप्ती हुने मिति अगावै बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएको बीमालेखको शर्तहरुको अधीनमा रही बीमाङ्ग भुक्तानी गर्नु पर्ने हुन्छ ।