जेठ १८ गतेदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही जेठ १८ गतेदेखि २२ गतेसम्म पाँच दिन जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरूको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा केन्द्रीय कार्यालयबाट सञ्चालन गर्न लागेको हो।

परीक्षा जेठ १८ गते सोमबारदेखि जेठ २२ गते शुक्रबारसम्म गरी जम्मा पाँच दिन सञ्चालन हुनेछ। परीक्षा बिहान ११ बजेदेखि शुरू भएर मध्यान्ह १२ बजेर ३० मिनेटसम्म जारी रहनेछ।

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *