bima

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन विभागका लागि एक जना चार्टर्ड एकाउन्टेन्ट र एक जना एक्चुरियल विश्लेषक पदमा दरखास्त आह्वान गरेको हो।

कम्पनीले मुख्य कार्यालय काठमाडौंका लागि एक जना चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो। उक्त पदका लागि मान्यता प्राप्त व्यावसायिक लेखा निकायबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै व्यवस्थापन, वित्त, अर्थशास्त्र, जोखिम व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातकोत्तर तहको शैक्षिक योग्यता भएका उम्मेदवारलाई अतिरिक्त प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

यसका साथै जोखिम मूल्याङ्कन ढाँचा, आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुशासन अभ्यास तथा नियामकीय अनुपालनसम्बन्धी राम्रो ज्ञान हुनुपर्नेछ। विश्लेषण, प्रतिवेदन लेखन, लेखापरीक्षण तथा समस्या समाधानसम्बन्धी दक्षता पनि आवश्यक रहेको सूचनामा उल्लेख छ।

त्यसैगरी कम्पनीले एक जना एक्चुरियल विश्लेषक पनि माग गरेको छ। उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त एक्चुरियल संस्थाका कम्तीमा तीनवटा व्यावसायिक परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने सर्त राखिएको छ। यसअन्तर्गत बेलायतको इन्स्टिच्युट एन्ड फ्याकल्टी अफ एक्चुअरीज वा अमेरिकाको सोसाइटी अफ एक्चुअरी

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *